नियम १६
फैसला आदेशमा हेरफेर गर्न नहुने
सदस्यहरुको सही भइराखेको फैसला आदेशमा कसैले पनि कुनै हेरफेर गर्न हुँदैन ।अन्तिम आदेश बाहेक अन्तरिम वा कारबाईसम्बन्धी आदेश भए अर्को आदेशले संशोधन गरे हुन्छ र फैसला वा अन्तिम आदेशमा लिपिक भूल वा इन्साफमा हेरफेर नहुने साधारण त्रुटिसम्म भएकोमा न्यायाधिकरणको ध्यान आकर्षित भए छुट्टै आदेश गरी भूलसुधार गर्न हुन्छ ।